
काठमाडौं : मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि हुनेको संख्या ८३ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
नयाँ संक्रमित पर्सा जिल्लाका ६ जना महिलाहरु १२ जना पुरुषहरु गरेर १८ जना । महोत्तरी जिल्लाका २ जना पुरुष, धनुषा जिल्ला निवासी २० वर्षिया महिला र ४० वर्षिया पुरुष गरी २ जना । भक्तपुर जिल्लाका २५ वर्षिया महिला र २७ वर्षिया पुरुष गरी २ जना र काठमाडौै जिल्ला निवासी ३३ वर्षिया महिला १ जना र सर्लाही जिल्ला निवासी ४५ वर्षाका पुरुष गरी जम्मा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।
नेपालमा संक्रमितको संख्या बढ्न थालेपछि केही खुकुलो बनाइएको लकडाउन थप कडा बनाइने भएको छ ।
केहीदिन अघि सरकारले शर्तसहित ४४ प्रकारका उद्योग खोल्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो गरेको कारणले गर्दा कोरोना भाइरस समुदायमा फैलिन थालेको आकँलन गर्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।