कोरोना संक्रमणबाट यूएईमा आज (मंगलबार) दुई नेपालीको मृत्यु भएको छ।
कोरोना कारण यूएईको आबुधाबी र अलऐनमा कार्यरत दुई नेपाली युवकको मृत्यु भएको हो।
आबुधाबीमा स्थित रेस्टुरेन्टमा कार्यरत अर्घाखाँचीका ३९ वर्षीय युवक र अलऐनमा नाम ठेगाना नखुलेका अर्का एक नेपालीको मृत्यु भएको हो।
कोरोनाका कारण बिरामी परेका धादिङका युवकको अलऐनको ब्रुजेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएकाे हाे।
अलऐन अस्पतालमा मृत्यु भएका अर्का नेपाली युवकको भने नाम ठेगाना खुलेको छैन।