
रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् ।
उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो। कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा वैशाख १९ गते भर्ना गरेर उपचार गरिएको थियो ।

“लगातार दुई पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरेका हौंँ”, मेसु डा खनालले भन्नुभयो, “रिपोर्ट नेगेटिभ देखिए पनि तत्काललाई १२ दिन घरमै क्वारेन्टाइन बस्न सल्लाह दिएर पठाएका छौँ।”
याे समेत काेराेना बिरुद्धकाे लडाइ जितेर घर फर्कनेकाे संख्या ३४ पुगेकाे छ ।
खुशीकाे खबर : कैलालीकी ६५ वर्षीया वृद्धा कोरोना जितेर घर फर्किइन्