नेपालमा कोरोना संक्रमित भेटिएपछि पत्रकार महासंघ काठमाडौंले थप सावधानी अपनाएको छ । फन्ट्रलाईनमा खटिएर काम गर्ने पत्रकारहरुलाई स्यानिटाइजर मास्क ज्याकेट लगायतका सामाग्रीहरु बितरण गर्दै आएको छ ।
पत्रकार महासंघमा आइपुग्याे स्यानिटाइजर, ‘फ्रन्टलाइन’मा खटिनेलाई दिइने
मङ्गलबार मात्र सर्जिकल सप्लायर्स एसाेसियसन (सान) ले नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई करिब १००० थान सर्जिकल मास्क र एक थान थर्मल गन हस्तान्तरण गरेको छ।
काेराेना संक्रमणको जाेखिमलाई ख्याल गरि पहिलो घेरामा बसेर समाचार सङ्कल गर्ने पत्रकारहरुलाई केही मात्रामा भएपनि स्वास्थ्य सुरक्षा हाेस भनेर सर्जिकल सप्लायर्स एसाेसिएसनका अध्यक्ष रमण कायस्थले नेपाल पत्रकार महासङ्घ काठमाडौंका अध्यक्ष शन्तराम विडारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे।
सामाग्री बुझ्दै शाखा अध्यक्ष विडारीले संकटको घडीमा दाताबाट प्राप्त स्वास्थ्य सामाग्री अग्र भामा रहेर काम गर्ने पत्रकारहरुलाई वितरण गर्ने वताए ।
थर्मल गन शाखा कार्यलयमा अाउने पत्रकारहरुकाे तापक्रम नाप्नकाे लागि प्रयोग बताए ।उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा दाता संस्था सानका अध्यक्ष रमण कायस्थले पत्रकार राज्यको चौथो अङ्ग भएकोले पत्रकाकाे सुरक्षामा अाफ्नु पनि कर्तव्य ठानी सामाग्री उपलब्ध गराएको जानकारी गराएको जानकारी गराए।हस्तान्तरण कार्यक्रममा सानका उपाध्यक्ष हरि रञ्जितकार,सचिव सुदन पराजुली र अन्य सदस्यहरुकाे उपस्थिति थियो ।