कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे छ ।
कपिलवस्तुमा आज भेटिएका ८ कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको बताइएकाे हो ।
स्वास्थ्य मन्त्रालयको कोरोना रिपोर्टमा कपिलवस्तुकी एक २५ वर्षीया युवती कोरोना संक्रमित भनिएको छ । ती कोरोना संक्रमित युवती कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइन्छ ।
नेपालमा हालसम्म १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएको छ । जम्मा एक सय ९१ जनामा मा संक्रमण देखिएकोमा ३३ जना निको भइसकेका छन् ।
सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा छन् । जहाँ संक्रमितको संख्या ६४ पुगेको छ । मंगलबार मात्र ३९ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा पाँच तथा कैलालीमा चार जनामा संक्रमण भेटिएको छ ।
केही समयअघि धनुषामा कार्यरत नर्स दुर्गा शर्माले यसरी आफ्नाे व्यथा पाेखेकी थिइन् । पढ्नुहाेस उनकाे दुखद कहानी
आज नर्स दिवस : धनुषामा कार्यरत दुर्गा भन्छिन्, “सरकार भत्ता हैन सुरक्षाको उपकरण देउ !!”