
प्रतिनिधिसभाकी सांसद डिला संग्रौलाले खाडी मुलुकमा रोजगारी गुमाएका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारसँग माग गरेकी छन्।
मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद संग्रौलाले विमान पठाएरै विदेशमा रोकिएका नेपालीहरुको उद्धार गर्न माग गरेकी हुन्।
‘उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चाँडो उद्धार गरोस्’, उनले भनिन्। नेपाल र भारतको सीमामा अड्किएका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न र कोरोना परिक्षण पछिमात्रै परिवारसँग भेटघाट गर्न दिन उनले सरकारलाई सुझाइन्। विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउने बन्दोबस्त मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।
‘उनीहरुका परिवार, आफन्त कि सास देऊ, कि लास देऊ भनेर पर्खिरहेका छन्’ उनले भनिन्, ‘सरकारले शव विदशमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई पचास हजार रुपैयाँ राहत दिने भनेको छ, जसले उनीहरुको भावनामाथि ठेस पुगेको छ।’
केही दिनअघि भारतले विश्वभर छरिएका आफ्ना नागरिकलाई हवाइ र जलमार्गबाट स्वदेश ल्याउने काम गरको थियो यही सन्दर्भमा केटीएम दैनिकका नियमित स्तम्भकार दिपबहादुर बडुवाल (दीपक) ले एक ब्लग लेखेका छन् । पढ्नुहोस् उक्त ब्लग ।
भारतले एकैदिन ३ लाख भन्दा बढी नागरिकहरुलाई आफ्नो देश ल्यायो, नेपाल सरकारले कहिले ल्याउने ?