
श्रीमान् तथा गायक निक जोनससँग अमेरिकामा रहेकी अभिनेत्री प्रियंका चोपडा २ महिनाको घर बसाइपछि पहिलोपटक बाहिर निस्किएकी छन् ।
विश्वलाई थलाएको कोरोना भाइरस संक्रमणबाट बच्न २ महिनादेखि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी उनी पहिलो पटक सोमबार घर बाहिर निस्किएकी हुन् ।
प्रिन्टेट मास्क लगाएर घरबाहिर निस्किएकी उनले इन्स्टाग्राममा फोटोसहित लेखेकी छन्, “आँखा कहिले शान्त हुँदैन । २ महिनापछि पहिलोपटक बाहिर ।”
https://www.instagram.com/p/CAEEdoljpYy/
उनको पोस्टमा कमेन्ट गर्दै डिजाइनर मनीष मल्होत्राले लेखेका छन्, “तिम्रा आँखा सधैँ चहकिला हुन्छन् ।”
सनी लियोनीलाई पछि पार्दै एक नम्बरमा प्रियंका !
प्रियंका र निक यो महामारीमा घरमै बसेर जनचेतना फैलाउने तथा लकडाउन पीडितलाई फन्ड रेज गर्ने कार्यमा सक्रिय छन् ।
लकडाउनका कारण दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार गुगलमा सर्च गर्ने गर्छन् । हालै सार्वजनिक एक रिपोर्ट मा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची प्रस्तुत गरिएको छ ।
रिपोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी छिन् । पहिले सनी लियोनीलाई सबैभन्दा बढी खोजी गरिएको नतिजा सार्वजनिक भएको थियो ।
प्रियंकालाई ३९ लाखपटक खोजी गरिएको जनाइएको छ । यस्तै दोस्रो नम्बरमा सनी लियोनी छिन् । उनलाई ३१ लाखपटक खोजी गरिएको रिपोर्टमा उल्लेख छ ।
धेरै खोजिने बलिउड अभिनेत्रीमा क्याटरीना कैफ छिन् । उनलाई १९ लाखपटक इन्टरनेटमा खोजिएको छ । त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको उक्त रिपोर्टमा उल्लेख छ ।
त्यस्तै पुरुष सेलिब्रेटीतर्फ सबैभन्दा धेरै खोजिनेमा सलमान खान छन् । उनलाई २१ लाखपटक खोजी गरिएको छ भने ऋतिक रोशनलाई १३ लाखपटक खोजिएको छ । यस्तै रोहित शर्मा, अल्लु अर्जुन, शाहरुख खान, टाइगर श्राफ पनि इन्टरनेटमा सर्वाधिक खोजिएको सुचिमा छन् ।