
पाकिस्तानले आज विमान चार्टर गरी नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजादैछ।
पाकिस्तानको कराँचीबाट विहान पौने दश बजे पाकिस्तान अन्र्तराष्ट्रिय एयरलायन्सको विमान काठमाडौं आइपुगेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
पाकिस्तानी राजदुतावासले चार्टर गरेको विमानले ३० जना आफ्ना नागरिक लिएर विहान पौने एघार बजे स्वदेश फर्कने क्षेत्रीले बताए। लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागरिले उनीहरुकै देशको दुतावासका पहलमा स्वदेश फर्काइरहेको छ।
गत शनिबार (बैशाख २७) गते सुनसरीबाट माइक्रो रिजर्भ गरेर काठमाडौं आउँदै गरेका ११ जना पाकिस्तानी नागरिकलाई सिन्धुलीबाट पूर्व फिर्ता पठाइएको थियो ।
यदि उनीहरुलाई पनि सिन्धुलिबाट फिर्ता नपठाइएको भए आज आएको विमानमार्फत ती ११ व्यक्तिहरु पनि आफ्नो देश पाकिस्तान पुग्ने थिए ।
केटीएम दैनिकमा प्रकाशित उक्त समाचार पनि पढ्नुहोस्