
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारसँग फेरि वादविवादमा उत्रिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कोरोना भाइरस सम्बन्धी आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न सोधेपछि राष्ट्रपति ट्रम्प विवादमा उत्रिएका हुन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको रुखो जवाफ दिएका ट्रम्पले सिएनएनकी पत्रकारलाई त प्रश्नै सोध्न दिएनन् । पत्रकारसँगको विवादपछि अचानक पत्रकार सम्मेलन अन्त्य गरेर ट्रम्प पत्रकार सम्मेलन छाडेर हिँडेका थिए ।
पत्रकारले हरेक दिन अमेरिकीले ज्यान गुमाएका र संक्रमण पनि बढिरहेको छ नी भन्ने प्रश्नमा ट्रम्पले यो कुरा आफूलाई नभइ चीनसँग सोध भनी रुखो जवाफ दिएपछि विवाद बढेको थियो ।