कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडकको छेउको पोलमा ठोक्किँदा घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका–६ वनबेहडा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको सु.प.प्र.०२–००३प.३३२७ नम्बर मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का १५ बर्षीय माइकल शाहीको सेती अस्पतालमा उपचार भइरहेको छ ।