नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस निकालेको छ । प-क्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै उनीहरुले मसाल जुलुस निकालेका हुन् ।
नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका ४ ले सोमबार साँझ लोलाङदेखि बाइपाससम्म मसाल जुलुस निकालेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल, विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली, खड्गबहादुर थापा, कृष्ण अधिकारी, रामशरण अधिकारी, टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।
लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता प-क्राउ परेका थिए ।
सोमबार दिउँसो प्रदर्शनमा प-क्राउ परेका नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेता कार्यकर्ताको रिहाईको मागमा जुलुस निकालेको उनले बताए ।
प-क्राउ पर्नेमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।