
विश्वका धेरै देशहरुले आफ्ना नागरिकहरुलाई विभिन्न माध्यमबाट आफ्नो देश लगिरहेका छन् । नेपालमा रहेका विश्ववका विभिन्न मुलुकका नागरिकहरुलाई पनि ती देशले आफ्नो देश लगिसकेका छन् ।
अहिले युएई सरकारले नेपाल सरकारलाई एउटा पत्र पठाएको छ । जुन पत्रले गर्दा सरकार अप्ठयारोमा परेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन् ।
नेपाल सरकारले बिदेशमा रहेका आफ्ना नागरिक अहिले नै नेपाल आउन नदिने योजनामा रहेकै बेला यूएईले भने अप्ठ्यारो प्रस्ताब पठाएको छ । अब नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गरेका कारण यूएई आफैंले उनीहरुलाई नेपाल ल्याएर छाड्ने भएको हो।
आज संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् । उनले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ ।’ तर नेपाल भने अझै पनि उनीहरुलाई आउन दिने पक्षमा छैन । सो स्पष्ट पार्दै उनले भने, ‘तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’
नेपाले यसरी आउन दिन थाल्ने हो भने श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था रहेको उनले बताएका थिए ।
उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने ।
यस्तो अवस्थामा आफुले पनि ल्याउन नसक्ने र यदी त्यो मुलुकले नै ल्याइदिने हुँदा समेत स्वीकृति दिन नसक्ने अवस्थामा नेपाल सरकार रहेको देखिएको छ । विश्वका धेरै देशले आफैं जहाज चार्टर गरेर आफ्ना नागरिक धमाधम स्वदेश लाँदै गर्दा समेत नेपाल भने निरिह बनेको छ ।
पढ्नुहोस् दिपबहादुर बडुवाल (दीपक) को यो लेख
हाम्रा देशका नागरिकहरु पनि धेरै देशमा अलपत्र परेका छन । धेरैको रोजगारी खोसी सकिएको छ । उनिहरु पनि आफ्नो देशमा फर्किन चाहन्छन । कैयौं चोटी सरकार संग अनुरोध पनि गरी सकेका छन ।
सरकारमा बसेका सम्बन्धित व्यक्तिहरू (officials) ले एक चोटी सोच्नु पर्ने हुन्छ कि अलपत्र परेका ऊनि नागरिकहरुको ठाउँमा यदि तपाई भएको भए, तपाईलाई कस्तो महसूस हुन्थ्यो होला ?
त्यसैले, देशका सम्पूर्ण नागरिकहरुको तर्फ बाट मेरो सरकार संग विनम्र अनुरोध छ कि हाम्रा नागरिकहरुका लागि पनि स्वदेश भित्र्याउने पहल गर्नु पर्यो ।