
चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरूप दिएको कोरोनाभाइरस परीक्षणका लागि आवश्यक मेडिकल सामग्री आज हस्तान्तरण गरिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सोमबार (आज) सो सामान हस्तान्तरण गरेकी हुन् ।
हिमालय एयरलाइन्सका मार्फत चिनबाट गत शनिबार उक्त सामाग्री काठमाडौं ल्याइएको थियो ।
राजदूत हाउ यान्छीले शनिबार ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स नेपाल आइपुगेको जानकारी दिएकी थिइन् ।
It's a great pleasure to attend the Handover Ceremony for China Aid Medical Materials to Nepal with Hon. @dhbhanu. Actions speak louder than words! #ChinaNepalSolidarity is not just words but actions taken by the two peoples. Let's win the final victory against the pandemic! pic.twitter.com/kG8ztGsEgq
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 11, 2020
चिनिया दुतावासका अनुसार आज हस्तान्तरण गरिएका सामाग्रीमा ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान रहेका छन् ।
स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गरे ।
चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नेछन् ।