
काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणकाे कारण प्रभावित भएकाे अर्थव्यवस्था सुधार्नका लागि साउदी अरबले भ्यालु एडेड ट्याक्स तीन गुणा बढाउने घाेषणा गरेकाे छ ।
यसका साथै साउदी सरकारले वित्तीय घाटा कम गर्न सरकारी कर्मचारीहरुले प्राप्त गर्ने कास्ट अफ् लिभिङ अलाउन्स पनि राेकिदिएकाे छ ।
तेलकाे धनी साउदी अरबले काेराेना भाइरसकाे कारण विश्वभर लागू गरिएकाे लकडाउनपछि तेलकाे घट्दाे मूल्यका कारण निकै घाटा व्यहाेर्नुपरेकाे छ ।
साउदी अरबले दुई वर्षअघि नै भ्याट लागू गरेकाे थियाे । विश्वभरकाे कच्चा तेलकाे बजारमा आफ्नाे निर्भरता कायम गर्न साउदीले भ्याट लागू गरेकाे थियाे ।
साउदी अरबकाे सरकारी न्युज एजेन्सीकाे रिपाेर्ट अनुसार भ्याटकाे दर पाँच प्रतिशत बढाएर १५ प्रतिशत गरिएकाे छ । नयँ टक्स दर आउँदाे जुलाई १ बाट सुरु हुनेछ ।