
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए ।
उनले दुवै पक्षले स्वीकार गरेको पक्ष भनेको परराष्ट्र सचिव स्तरीय वार्ता नै हो भन्दै प्रधानमन्त्री वा परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्न नचाहेको बताए ।
कोरोना नियन्त्रणपछि नभई भारतसंग तत्कालै वार्ता चाहेको उनको भनाई थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
विगतमा समस्याको समाधान नहुनुका पछाडि दलहरुबिचको एकता नहुनु पनि एक रहेको उनले टिप्पणी गरे ।
भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा पहिल्यैदेखि नभएको विषयमा आफूले राखेको भनाईलाई सञ्चार माध्यमले गलत रुपमा प्रस्तुत गरेको जिकिर गरिन् ।
केटीएम दैनिकमा आफ्नो विचार राख्दै कैलाली बहुमुखी क्याम्पस धनगढीका सह. प्राध्यापक डा.लोक बहादुर विष्ट लेख्छन्
सरकार प्रमुखहरु आफ्नो कुर्ची बचाउन चुपलागे भन्ने अहिले जनमानसमा कौतुहलता देखिएको छ जुन स्वभाविक पनि हो र नेपाली युवाहरुले आफ्नो भूमी फिर्ता ल्याउन कठोर कदम ढिलो भएपनि चाल्नु पर्ने छ ।
सामरिक महत्वको क्षेत्रमा भारतका ठाउँ ठाउँमा प्रहरि पोष्ट, अर्ध सैनिक जत्था, इण्डो टिबटेन बोर्डर फोर्स स्थापित गरि सकेकोले भारतलाई सहजै छोड्न कठिन देखिन्छ ।
यसरी लगभग ६ दशक देखी कति अर्काको भूमीमा अड्डा जमाएर बसेको भनेर अन्तराष्ट्रिय परिवेशमा भारतलाई आफ्नो अनुहार लुकाउन समस्या हुनसक्छ ।
तर अब नेपाली युवाहरुले आफ्नो पुर्खाले बसेको स्थान जुन ग्रेटर नेपाल थियो त्यसको सबै भू भाग फिर्ता गराउन लाग्नेहो भने भारतले एक न एक दिन कालापानी क्षेत्र खाली गरेर काली पश्चिम जानै पर्ने हुन्छ ।
पढ्नुहोस् पूरा ब्लग :