
कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ ।
सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ १० जनामा संक्रमित थपिएको बताएका हुन् ।
थपिएका व्यक्तिहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमिम नगरपालिका ७ का बासिन्दा हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् ।
सङक्रमित व्यक्तिहरुको उमेर क्रमस १८, १८, २०, २०, २४, ३०, ३१, ३४, ३४ र १ जनाको उमेर खुलेको छैन ।
पछिल्लो समय एउटै स्थानमा धेरै कोरोना संक्रमितहरु भेटिन थालेका छन् ।
कोरोना पुष्टि भएकाहरुलाई अस्पताल लैजाने तयारी भैरहेको छ । यी व्यक्तिहरु कसरी संक्रमित भए भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । एउटै गाउँमा धेरैजना संक्रमित भेटिन थालेपछि नेपालमा कोरोना दोस्रो वा तेस्रो चरणमा प्रवेश गरिसकेको भने पुष्टि भएको छ ।
संक्रमितको संख्या १२० पुग्दा ८८ पुरुष र ३२ महिला छन्। तीमध्ये केही नावालक पनि छन् । संक्रमितमध्ये ३३ जना निको भएर डिस्चार्ज भएका छन्।
हिजो बिराटनगरमा उपचार गराइरहेका झापा बाह्रदशी गाउँपालिकाका ५० वर्षिय पुरुष र भोजपुरका २६ वर्षिया पुरुष निको भएर घर फर्केका छन् ।