
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ सय ११ कोरोना सङक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय १२ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस्तै, आइतबार भारतमा अहिलेसम्मकै धेरै कोरोना सङक्रमित फेला परेका छन् । आइतबार मात्रै भारतमा ४ हजार ३ सय ५३ जना नयाँ कोरोना संक्रमित फेला परेको वल्डोमिटरले जनाएको छ ।
भारतमा २४ घण्टामा भेटिएका सङक्रमितको संख्या अहिलेसम्मकै धेरै हो। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार १ सय ६१ पुगेको छ ।
संक्रमितमध्ये २० हजार ९ सय ६९ जना उपचारपछि घर फर्किसकेका छन् ।