
वैदेशिक रोजगारिको शिलशिलामा दुबईमा रहेका एक नेपाली युवाको ज्यान गएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट दुबइको अवुदावीमा बस्ने ३९ वर्षिय चुरामणि ढकालको ज्यान गएको हो ।
विगत १५ वर्षदेखि दुबईमा कार्यरत ढकालको अवुदावीमा उपचारकै क्रममा मृत्यु भएको उनका आफन्त समेत रहेका एनआरएनए यूके सचिव कोशलेश्वर ढकालले जानकारी दिए । ।
गत मे १ तारिखदेखि स्थानीय अस्पतालमा उपचाररत ढकालको शनिबार बिहान निधन भएको थियो ।
गुल्मीका जोहांग पुर्ख्यौली भएका मृतक ढकालको बसाई पछिल्लो समय कपिलवस्तुको वाणगंगामा थियो ।
एनआरएनए यूके सचिव ढकालका अनुसार मृतक ढकालका श्रीमती, एक छोरा र एक छोरी छन् । अपांगता भएका छोरा उठ्न समेत नसक्ने अवस्थामा छन् । परिवारको आर्थिक अवस्था पनि निकै कमजोर छ ।
मृतक यसअघि अन्य कुनै गम्भीर स्वास्थ्यसमस्याबाट पीडित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएका थिए ।
उनको निधनको खबर आएसँगै कपिलवस्तुको वाणगंगामा रहेको परिवार विक्षिप्त भएको छ । उनको परिवारमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने हाम्रो कामना ।