
काठमाण्डाै – चीनकाे वुहान शहरमा एक महिनाभन्दा लामाे समयपछि पहिलाे सङ्क्रमणकाे देखिएकाे छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सङ्क्रमण देखिएका ८९ वर्षीय बिरामीकाे अवस्था गम्भीर छ र उनमा पहिले याे राेगकाे सङ्क्रमण देखिएकाे थिएन ।
यी सङ्क्रमितकाे नजिक रहेका व्यक्तिहरुमा कडा प्रतिबन्ध लगाइएकाे बताइएकाे छ ।
चीनकाे राष्ट्रिय स्वास्थ्य आयाेगले सङ्क्रमणकाे १४ नयाँ घटना दर्ता गरेकाे छ, जसमा वुहान शहरका सङक्रमितलाई पनि राखिएकाे छ ।
चीनमा अहिलेसम्म ८२ हजार नाै सय एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमणकाे कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ३३ जनाकाे ज्यान गएकाे छ ।
चीनकाे हुबेई प्रान्तकाे राजधानी वुहान शहरबाट नै काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण फैलिन सुरु भएकाे थियाे ।
सङ्क्रमण देखिएपछि वुहानमा कडारुपमा प्रतिबन्ध लगाइएकाे थियाे र वुहान स्थितिलाई नियन्त्रणमा लिन सफल भयाे ।