
साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको ज्यान गएको छ ।
जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ ।
बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परिवारप्रति दुःख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।

साउदीमा दूतावासको जानकारीमा आएअनुसार ५० जना नेपालीमा सङ्क्र मण देखिएको छ । जसमध्ये १५ जना निको भएका छन् ।
साउदीमा अहिलेसम्म ३९ हजार ४८ जनामा कोरोना सङ्क्र मण भएको छ ।
यसमध्ये ११ हजार ४ सय ५७ जना निको भएका छन् भने २७ हजार ३ सय ४५ जनाको अस्पतालमा उपचार भइरहेको छ । २ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार साउदी अरबमा ३० जना नेपालीमा कोरोना भाइरस लागेको छ । भलै यो संख्याभन्दा बढी मानिस संक्र मित हुनसक्छन् ।