
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघ र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार र सुरक्षा फौज राख्न सरकारसाग माग गरेका छन् ।
आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरेको हो ।
त्यस्तै सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई आग्रह गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
केही समय अगाडी देखी नै नेपाल र भारतको खुल्ला सिमानामा तारवार लगाउनुपर्छ भन्दै जनस्तरबाट आवाज उठ्न थालेको छ । तर सो आवाज चियापसल र सामाजिक सञ्जालमा गफ गर्ने मेलो मात्र बनिरहेको तितो यर्थाथ हामीसामू प्रष्ट छ । नेपालमा भारतले माइक्रो म्यानेजमेन्ट गर्ने र नेताहरु दक्षिणको आशिर्वाद लिएर चल्ने आरोप लागिरहेकै बेला देशका आम नागरिकहरुको आवाज यथार्थमा परिणत हुन सकिरहेको छैन ।
कुनै कुनै नेताहरुले राष्ट्रप्रेम देखाउने हिसावले भाषणमा मात्र यी कुरा समेट्ने तर आफू पदमा पुगेपछि सबै कुरा भुल्ने नियतीले गर्दा नै सीमानाकामा तारवार लगाउने कुरा दिवा सपनामात्र भएको आम मानिसहरुको बुझाइ छ ।
र यो पनि पढ्नुहोस्
कोरोनाले नेपाल भारत सीमामा तारबार लगाएर बन्द गर्ने अवसर दिएको छ : देव गुरुङ