
गत चैत ११ गतेदेखि देश पूर्णरुपमा लकडाउनमा छ । स्कुल कलेज तथा विद्यालयहरु बन्द छन् यही बन्दमा केही विद्यालयहरुको अभिभावकहरुलाई असार सम्मको सुल्क तिर्नको लागि परिपत्र जारी गरेकव खुलेको छ ।
विशेषगरी निजी विद्यालयहरूले अनलाइन कक्षाको नाममा शुल्क लिने, विद्यार्थी भर्ना अभियान चलाउने जस्ता गतिविधि गर्न थालेको भन्दै मन्त्रालयले अर्को सूचना जारी नहुँदासम्मका लागि रोक्न निर्देशन दिएको थियो। तर, विद्यालयहरूले भने अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीबाट शुल्क लिन थालेको पाइएको छ।
काठमाडौंको लाजिम्पाटमा रहेको बेष्ट्स मन्टेश्वरी इलिमेन्ट्री स्कुलले भने बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनको हवाला दिँदै अभिभावकलाई वैशाखदेखि असारसम्म गरी तीन महीनाको विद्यार्थी शुल्क बुझाउन पत्राचार गरेको पाइएको हो।
अभिभावकहरूबाट प्राप्त पत्रमा कक्षा १ देखि ५ सम्मको मासिक १० हजार ५०० का दरले तीन महिनाको ३१ हजार ५०० रूपैयाँ शुल्क बैंकमार्फत् विद्यालयको खातामा जम्मा गर्न भनिएको छ।
विद्यालयले त्रैमासिक शुल्क लिने भएकाले तीन महीनाको छुटपछि २२ हजार ५० रूपैयाँ बुझाउन अभिभावकलाई भनिएको हो।
विद्यालयका संस्थापक सञ्जय फिन्जु लामाले सफ्टवेयरमार्फत् पढाइ चलिरहेकाले शुल्क लिइएको बताए। डिस्टेन्स लर्निङ सफ्टवेर डेभ्लप गरेर विद्यालयले अध्ययन गराइरहेको उनको भनाइ छ।