
काठमाडौं । चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप भएको छ । सिक्किमस्थित सीमामा खटिएका भारतीय र चिनियाँ सैनिकबीच शनिबार झ डप भएको हो ।
झडपका क्रममा ७ चिनियाँ र ४ भारतीय सैनिक घाइते भएकाे जनएकाे छ । उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका १५० भन्दा बढी सैनिकहरुबीच झडप भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
Temporary and short duration face-offs occur as the boundary is not resolved. Troops resolve such issues mutually as per established protocols. This has occurred after a long time: Indian Army sources https://t.co/scuySUQYt8
— ANI (@ANI) May 10, 2020
यस घटनाबारे दुवै देशले प्रतिकृया जनाएका छैनन् । यस विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको एक सैनिक अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि सीमामा दुई देशका सैनिकबीच झ डप हुँदै आएको थियो ।
२०१७ मा पनि भारत–चीनबीच तनाव
भारत र चीनबीच पछिल्लोपटक सबैभन्दा ठूलो तनाव २०१७ मा भएको थियो । डोक्लाममा सीमा विवादपछि दुबै देशका सैनिक १६ जून २०१७ मा आमने सामने भएका थिए । दुबै सरकारको प्रयासपछि यो अवस्था २८ अगस्ट २०१७ मा समाप्त भयो । डोका ला जनरल इलाकामा चीन र भारतका फौज यसरी नै हातपातमा उत्रिएपछि तनाव सुरु भएको थियो ।
भारतीय सेनाले त्यहाँ चीनका सैनिकलाई सडक बनाउन रोकेका थिए । आफ्नै इलाकामा सडक बनाइरहेको चीनको दाबी थियो ।
यस इलाकामा भारतीय भूमिको नाम डोक ला, भूटानी क्षेत्र डोकलाम र चिनियाँ पक्षले यी स्थान आफ्नो डोंगलांग क्षेत्रको हिस्सा रहेको दाबी गर्छ ।