
काठमाडौं । मितिनी चलचित्रमा बाल कलाकारकाे रुपमा चर्चा कमाएकी नीता ढुंगाना अभिनयमा अब्बल मानिन्छिन् ।
नायिका नीता ढुंगानाले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ गत वर्षको दशैंमा रिलिज भएको थियो ।
यो फिल्मबाट नीताले खासै तारिफ पाइनन् । उनले अभिनय गरेका फिल्म रिलिज भएका छैनन् ।
लकडाउनका कारण नीता यतिबेला घरमै सीमित भएकी छिन् । परिवारसँगै उनले समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा पनि नीता खासै सक्रिय रहँदैनन् ।
यतिबेला भने नीताले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर शेयर गर्दै लेखेकी छिन् – कुर्तावाली कस्ती छिन् ?
उनको प्रश्नमा फ्यानले सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् । नीताले सामाजिक सञ्जालमा खासै सक्रियता जनाउँदैनन् । तर कहिलेकाहीँ स्टाटस अपडेट गरिरहन्छिन् ।
नीताले सामाजिक सञ्जालका कारण त ठीकै चर्चा कमाउँछिन् तर उनी फिल्मका कारण भने त्यति चर्चामा आउँदिनन् ।