पश्चिमी न्युन चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा अझै केही दिन पानी पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबार बिहान निकालेको बुलेटिनमा आज पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य बदली रहने उल्लेख छ। बाँकि भू-भागमा आंशिक बदली रहनेछ।
पश्चिमी भू-भाग, मध्य र पुर्वका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
अहिले काठमाडौं, भक्तपुर लगाएत देशका विभिन्न स्थानमा वर्षाद भइरहेको छ। सोमबार पनि देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थान हरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षा को सम्भावना रहेको छ।
राती पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।