
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् । लिपुलेकको विषयलाई लिएर ट्वीट गर्दै उनले सो बताएका हुन् ।
उनले लेखेका छन्– ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ, पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’
नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि यस विषयलाई लिएर चौतर्फी रुपमा विरोध गर्नेको संख्या बढिरहेको छ।
नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो ।
सम्वन्धित समाचारहरु
लिपुलेकसम्म बाटो बनाएको ज्ञवालीलाई थाहा छैन, थापाले जनाए बिरोध
लिपुलेकमा सडक बनेको मलाई थाहा नै छैन : परराष्ट्रमन्त्री
अन्तत : कोरोनाको मौका छोपी भारतले लिपुलेक हुदै मानसरोवरको बाटो खोल्यो
भारतीय अतिक्रमणविरुद्ध माइतीघर र लैनचौरमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ
भारतिय हेपाहा र मिचाहा प्रबृतिकाे विराेध र भण्डाफाेर गराै : पूर्वमन्त्री पण्डित
भारतले आफै विवादित भनी स्विकार गरेको नेपाली भुमीमा सडक बनाउनु गलत : नारायणकाजी श्रेष्ठ