
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि जनस्तरमा सरकारको व्यापक विरोध भएको छ ।
भारतको उत्तराखण्डको पिथौराकोटबाट कैलाश मानसरोवरसम्म करिब ९० किलोमिटर सडक बनाउँदा अहिले नेपालमा विरोधका आवाजहरु उठिरहेका छन् ।
यहि क्रममा धेरै कलाकारहरुले समेत आफ्नो धारणा व्यक्त गर्न थालेका छन् । यहि क्रममा लोक गायक बद्री पंगेनीले आफ्नो ट्विटरमा यहि विषयमा केन्द्रित भएर केहि शब्द लेखेका छन् जसको अहिले सामाजिक संजालमा चर्चा चलिरहेको छ ।
बद्रीले न नेपाल सरकारलाई कुनै गुनासो पोखेका छन् न भारतको विरोध नै गरेका छन् बरु मिठो तरिकाले उल्लेख गरेका छन् कि अहिले सेना लिपुलेक तर्फ जानुपर्छ आफ्नो भूमि रक्षा गर्न भने जनताहरु सडक र सामाजिक संजालमा विरोधमा उत्रिनु भन्दा बाँझो खेत तर्फ लागे देशको विकाश हुने भान प्रकट गरेका छन् ।
बद्रीले लेखेका छन्, “सेना लागौं, लिपुलेकतिर जनता लागौं,बाँझो खेततिर” ।बद्री पंगेनी अहिले लकडाउनको बेला ट्विटर एकाउण्ट खोलेर स’क्रिय भएका छन् । अहिलेको सामाजिक चर्चाको विषय देखि राजनीतिक विषयमा आफ्नो कुराहरु राख्दै आएका छन् ।
सेना लागौं, लिपुलेकतिर
जनता लागौं,बाँझोखेततिर— Badri Pangeni (@BadriPangeni) May 9, 2020
आज केटीएम दैनिकमा डा. उत्तम खनालले एक ब्लग लेखेका छन् । दुई महिना मोटर गुड्ने बाटो नबनाउँदा पनि मानिसको दैनिकी जसोतसो चल्ला तर दुई महिना पछि भोक टारौला भात खाउँला भनेर जीवन चल्दैन । त्यसकारण जुन जमिनमा जे वस्तु फल्छ त्यहि बाली लगाउने कार्यमा सबैको ध्यान पुग्नु आवस्यक छ ।
पढ्नुहोस् डा. उत्तम नेपालको यो ब्लग