
काठमाडौं– भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ ।
लिपुलेक हुँदै मानसरोबर जाने ‘लिङ्क रोड’ भारतले उद्घाटन गरेकोप्रति नेपालले शनिबार आपत्ति जनाएको थियो। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको थियो।
त्यसको प्रतिउत्तरमा भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्य भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’
हेराै बिज्ञप्ती :
नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।
दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।
यसको नेपालमा विरोध भइरहेको छ ।
हेराै लिपुलेकबारे कस्ले के भने
लिपुलेकसम्म बाटो बनाएको ज्ञवालीलाई थाहा छैन, थापाले जनाए बिरोध
लिपुलेकमा सडक बनेको मलाई थाहा नै छैन : परराष्ट्रमन्त्री
अन्तत : कोरोनाको मौका छोपी भारतले लिपुलेक हुदै मानसरोवरको बाटो खोल्यो
भारतीय अतिक्रमणविरुद्ध माइतीघर र लैनचौरमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ
भारतिय हेपाहा र मिचाहा प्रबृतिकाे विराेध र भण्डाफाेर गराै : पूर्वमन्त्री पण्डित
भारतले आफै विवादित भनी स्विकार गरेको नेपाली भुमीमा सडक बनाउनु गलत : नारायणकाजी श्रेष्ठ