
नयाँदिल्ली : भारतमा गत महिना आत्महत्या गरेका चिकित्सकले ‘सुसाइड नोट’मा राजधानी दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका विधायकको नाम उल्लेख गरेको भेटिएपछि प्रहरीले ती विधायकलाई पक्राउ गरिएकाे भारतीय मिडिया जी न्यूजले बताएकाे छ ।
आम आदमीका नेता प्रकाश जरवाललाई पक्राउ गरिएकाे हाे । प्रकाशसँगै उनका सहयोगी कपिल नगरमाथि पनि पक्राउ पुर्जी जारी गरिएको थियाे । बिहीबार दिल्ली प्रहरीले प्रकाशका बाबु र भाइबारे सोधेको थियो ।
५४ वर्षीय चिकित्सक दक्षिणी दिल्लीस्थित आफ्नै निवासमा गत अप्रिल १८ मा मृ त अवस्थामा भेटिएका थिए । सुसाइड नोटमा नेताको नाम भेटिएपछि चिकित्सकका छोराले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चिकित्सकका छोराका अनुसार उनी दिल्लीमा क्लिनिक सञ्चालन गर्थे । साथै २००७ देखि उनको पानी वितरणको व्यवसाय पनि थियो । विधायक प्रकाशसँग ती चिकित्सकको सम्बन्ध नराम्रो रहेको बताइएको छ । तर प्रकाशले आफू प्रहरीलाई सघाउन तयार रहेको बताएका छन् । साथै आफू इमानदार रहेको दावी गरेका छन् ।