
तेह्रथुम : जिल्लामा ५ सय ६९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत कोराना भाइरसको परीक्षण भएको छ। शुक्रबार ६० जनाको आरडिटी परीक्षण गरिदा सो मध्ये तीन जनाको आरडिटी पोजिटिभ देखिएको जिल्ला श्वास्थ्य कार्यलयका प्रमुख योगराज घिमिरेले जानकारी दिए।
आरडिटी परीक्षण रिपोर्ट पोजिटिभ देखिएका तीन सहित १२ जनाको स्वाव परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनायो । क्वारेन्टाईनमा राखिएका र देश बाहिरबाट आएका नागरीकहरुको कोरोना (कोभिड–१९) को आरडिटी मार्फत तिव्र परीक्षण भईरहेको छ । यस अघि मेन्छ्यायेम गाउपालिका र म्याङलुङ नगरपालिकामा पनि ६ जनामा आरडिटी पोजिटिभ देखिएको थियो तर उनिहरुको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
शुक्रबार मात्र डाेल्पाका एक युवाकाे पनि आरडिटी पाेजेटिभ आएकाे थियाे ।