
चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरूप दिएको कोरोनाभाइरस परीक्षणका लागि आवश्यक मेडिकल सामग्री काठमाडौं आइपुगेको छ।
मेडिकल सामग्री ल्याउन हिमालय एयरलाइन्सका जहाज चीन प्रस्थान गरेका थिए।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शनिबार ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स नेपाल आइपुगेको जानकारी दिएकी हुन्।
यद्यपि के कति सामान ल्याइएको हो यसबारे भने खुलाइएको छैन।
The first batch of China aid medical materials to Nepal, including testing kits, N95 masks, surgical masks, disposable coveralls and medical goggles, has arrived in Nepal today! We’ll keep working hard on #ChinaNepalSolidarity ! ?? pic.twitter.com/Qntv5CHj2y
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 9, 2020