
भारतमा बस्दै आएका एक नेपाली परिवारको ३ जना सदस्यमा कोरोना संक्रमण देखिएको छ ।
अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ हाल भारतको पुनामा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
श्रीमान् ,श्रीमती र ८ महिने छोरालाई कोरोना देखिएको र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
केही समयअगाडी सुदूरपश्चिम प्रदेशको अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएको एक परिवारका ८ जनालाई कोरोना संक्रमण देखिएको थियो ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–५ लुंग्राका चेतमान खड्काको परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। २५ दिन अस्पतालमा बिताएका उनीहरुले बैशाख १३ गते कोरोना विरुद्धको लडाइ जितेर घर फर्केका थिए ।
भारतमा संक्रमित ६० हजार नजिक
भारतमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । शनिबार बेलुका ६ बजेसम्मको तथ्यांक अनुसार ५९ हजार ८ सय ८१ जना कोरोना सङक्रमित भेटिएका छन् ।
अहिलेसम्म भारतमा १ हजार ९ सय ९० जनाको कोरोनाको कारणले ज्यान गएको छ भने १७ हजार ९ सय ५६ जना निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ४४ जना नयाँ सङक्रमित फेला परेका छन् भने ९६ जनाले ज्यान गुमाएका ५न् ।