
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ३ दिनमा ५ हजार ३ सय २० जनाको नमूना संकलन गर्ने बताएको छ ।
कोरोना संक्रमणको हटस्पटको रुपमा देखिएको उदयपुर जिल्ला २ नम्बर प्रदेशका रौतहट बारा र पर्सा त्यसैगरी प्रदेश ५ का विभिन्न जिल्लाहरुबाट नमूना संकलन गरिने भएको छ ।
नेपाली सेना र रोग नियन्त्रण महाशाखा टोलीले पीसीआर विधिबाट गरिने नमूना संकलनको लागि समूह परिचालन गरिसकेको छ । उक्त टोलीले अहिलेसम्म ४ सय जनाको नमूना संकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए
किटको अभाव छैन
सरकारले कोरोना संक्रमणको परीक्षणका लागि ५० हजार किट रहेको बताएको छ ।
केही सञ्चारमाध्यममा किटको अभाव हुन थाल्यो भन्ने आसयका समाचारहरु समप्रेषण भएपछि स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा सरकारसँग ५० हजार किट रहेको उल्लेख गरेको छ।
पर्याप्त किट रहेकाले अब परीक्षणको दायरा बढाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार प्रेस ब्रिफिमा जानकारी दिए ।
अहिलेसम्म १ सय ९ जना संक्रमित
अहिलेसम्मको अध्यावधिक विवरणअनुसार १ सय ९ जनामा कोरोना संक्रमितको पुष्टी भइसकेको छ । जसमध्ये ७८ जना पुरुष हुन् भने ३१ जना महिला छन् । तीमध्ये केही नावालक पनि छन् ।
प्रदेश अन्तरग हेर्ने हो भने प्रदेश १ मा ३४ प्रदेश २ मा ३१ बाग्मति प्रदेशमा ७ गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ३० र सुदुरपश्चिम प्रदेश ५ गरी जम्मा १ सय ९ जना संक्रमित भेटिएका हुन् ।
३१ जना निको भए
कोरोना संक्रमित मध्ये ३१ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ७८ जना उपचारथ छन् ।
बिरगन्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगन्जमा २४, र भरतपुरमा १ जना गरि जम्मा ७८ जना उपचार गराइरहेका छन् ।