
भारतको दिल्लीमा भोकभोकै सुतेका एक नेपालीको निधन भएको छ । तीन दिनदेखि भोकै भएका कैलालीको धनगढी उप महानगरपालिकाका एकजना युवकको ज्यान गएको हो ।
दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा सवारी चालको रूपका कार्यरत उनी राति भोकभोकै सुतेका र आज बिहान मृ त अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनको नाम रवी हो भनिए पनि थप खुलेको छैन । युवकको मृत्यु भएकोबारे दिल्लीस्थित् नेपाली दूतावासलाई जानकारी गराइसकिएको त्यहाँ रहेका महादेव भट्टले बताए ।
“मजदुरीका लागि भारतमा रहेका धेरै नेपालीहरू भोकभोकै छन्, सहयोग गर्नुस् भनेर भनेर पटकपटक नेपाली दूतावासमा जानकारी गरायौँ तर, कुनै सुनुवाइ भएन”, भट्टले भने ।
भारतमा मजदुरीको लागि धेरै नेपालीहरु पुगेका छन् । भारत जानको लागि पासपोर्ट नचाहिने हुनाले यकिनका रुपमा यति नै संख्यामा भारतमा नेपाली छन् भन्ने तथ्यांक नेपाल सरकारसँग छैन ।
लामो समयदेखि लकडाउन खेपिरहेका नेपाली मजदुरको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ ।
नेपाल सरकार भन्छ “नेपालमा रहेका भारतीय नागरिकको जिम्मा हाम्रो भयो त्यहाँ रहेका नेपाली नागरिक तपाइहरुको जिम्मामा” भनेर भारतीय अधिकारीहरुसँग कुरा भएको हुनाले कोहि पनि नआतिन अनुरोध गरिरहेको छ ।