
बाँकेको नेपालगन्जमा शनिबार कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार शनिबार प्राप्त ५६ रिपोर्टको नतिजा नेगेटिभ आएको छ । गत बिहिबार नेपालगन्जका विभिन्न स्थानबाट संकलन गरीएका स्वाब मध्ये ४८ वटाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरी नेपालगन्ज मेडिकल कलेजमा रहेका ८ जनाको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको हो ।
https://www.facebook.com/permalink.php?story_fbid=234453234637433&id=100042182747902
कोरोना भाईरसको जोखिम बढेपछि नेपालगन्जका बिभिन्न क्षेत्रबाट स्वाब संकलन गर्ने कार्यले ब्यापकता पाएको छ । एक हप्ता अगाडी गत शुक्रबार नेपालगन्जमा पहिलो पटक देखिएको कोरोना भाईरसले शनिबारसम्म २४ जना संक्रमित भईसकेका छन । संक्रमित ब्यक्तिको सम्पर्कमा आएका अन्य ब्यक्ति तथा समुदायमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरीदैं आएको छ ।