
काठमाडौ । विश्वब्यापी रूपमा महामारीको रूपमा फैलदै गरेको कोरोना भाइरसले बिश्वभरी लाखौं मानिसहरूको ज्यान मात्रै लिएको छैन मानब जिबन नै संकटमा परिरहेका बेला समाजसेवालाइ आफ्नो धर्म ठान्ने हरुले दिन दुखी र बिपन्न हरुलाइ सकेको सहयोग गरिरहेका छन।
यस्तै एउटा उदाहरणीय पात्र हुन भद्रा भण्डारी । नेपाली काङ्ग्रेस को नेतृ समेत रहेकी भण्डारीले जोखिम मोलेरै भए पनि खाध्यान्न माक्स पिपिइ पन्जा लगायत सुरक्षा सामाग्रीहरु बितरण गरिरहेकी छिन।
बारम्बार ‘लक डाउन’ थपिरहदाँ यस बाट प्रत्यक्ष प्रभाव दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरू, वृद्धवृद्धाहरू, विध्यार्थीहरू, बाल बालिकाहरू, असक्त र असहाय महिलाहरूका साथै विपन्न वर्गहरूलाई अझ बढी प्रभावित बनाएको छ।
स्थानिय सरकारको पहलमा राहत वितरण भएता पनि पर्याप्त हुन नसकेको र परिचय विहिन वर्गले राहत नै प्राप्त नगरेको र त्यस्ता वर्गका भोका पेटहरूको लागि आ-आफ्नो टोलमा स्थानिय सामाजिक संघ संस्था र क्लवहरूले निशुल्क भोजनको ब्यवस्था गरेर बिभिन्न सामाजिक अभियन्ता र सङ सस्थाहरुले उदाहरणीय काम गरेका छन। समाजसेबी भण्डारी ले फ्रन्ट्लाइनमा काम गर्ने हरुलाइ सुरक्षा सामाग्री बितरण लाइ प्रथामिकता दिएकी छिन।खासगरी सैयौ पिपिइ उनको हात बाट बितरण भैरहेको छ।काठमाडौ मा यसरी पिपिइ बितरण गर्ने उनी सम्भवत पहिलो महिला अधिकारकर्मी हुन।