
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाली भूमि अतिक्रमण गर्दै भारतले चीनसँगको बाटो खुलाउनु गम्भीर विषय भएको बताएका छन्। शनिबार फेसबुकमार्फत उनले भारतीय हेपाहा र मिचाहा प्रवृतिको विरोध र भण्डाफोर गर्न सबैलाई आह्वान गरेका छन्।
नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि पण्डितले विरोध जनाएका हुन्।
https://www.facebook.com/lalbabu.pandit/posts/3777318505675231
पण्डितले कुटनीतिक र राजनीतिक तहबाट नेपालको सीमा रक्षामा लाग्न सरकारलाई आग्रह गरेका छन्।’ लिम्पियाधुरा नेपालको पश्चिमी सिमाना हो। नेपालको सहमतिबिना भारतले सडक बनाउन मिल्दैन।सडक उद्घाटन गर्न आँट गर्छ यो गम्भीर विषय हो।’ उनले लेखेका छन्, ‘नेपाल सरकारले अभिलम्ब पहल कदमी लेओस्। कुटनीतिक र राजनीतिम तहबाट नेपालको सीमा रक्षामा लागौं।
नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।
भारतले नेपाली भुभाग मिचेको बिषयलाई परराष्टमन्त्रीको ध्यानाकर्षण गराउन सिमानाका युवाहरुले एसएमएस गर्न थालेका छन् । सामाजिक संजालमा समेत परराष्टमन्त्री प्रदीप ज्ञवालीको मोबाइल नम्बर ९८५१०८८२२२ मा एसएमएस गरी सीमा अतिक्रमणका सन्दर्भमा दबाब दिन युवाहरुले अपिल गरिरहेका छन्।