
२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भ्रर्तसना गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि बताएका छन् ।
श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’
भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।
— NKShresthaPrakash (@nksthaprakash) May 9, 2020
भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । सो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका छन् ।
नेपाल सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।