
काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सचिव केटी मिलर कोरोना संक्रमित भएकी छन् ।
दुई दिनअघि मात्र राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक कोरोना परीक्षण हुन थालेको छ ।
ट्रम्पलाई सुरक्षित राख्नका लागि हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ ।
“No, because I was very far away…I would have loved to have gone up and hugged them,” Pres. Trump tells @jonkarl during his meeting with Republican members of Congress when asked about not wearing a mask during event with World War II veterans. https://t.co/sDAHr4Esdy pic.twitter.com/QfFnR6oKqb
— ABC News Politics (@ABCPolitics) May 8, 2020
मिलरसँग राष्ट्रपति र उपराष्ट्रपति पछिल्ला दिनमा सम्पर्कमा नआएको दाबी गरिएको छ ।
हिजो उपराष्ट्रपति पेन्स वासिंटन बाहिर धार्मिक नेतासँगको भेटका लागि जाने क्रममा उनको विमानमा रहेका ६ जनालाई अचानक बाहिर निकालिएको थियो ।
उनीहरु हालै मात्र कोरोना संक्रमण पुष्टि भएकी मिलरसंग सम्पर्कमा आएका थिए ।

मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् ।
गत बुधबार ट्रम्पको सेवामा खटिने सैन्य टिमका एक सदस्यमा पनि कोरोना संक्रमण पुष्टि देखिएको थियो ।(एजेन्सी)