
काठमाडौं : चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ।
प्रहरीमाथि जाइलाग्ने चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको जनाएको हो।
चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ। उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ।
हिजो केटीएम दैनिकमा “ड्युटीमा रहेका प्रहरीमाथि जाइलाग्ने चिनियाँलाई सजाय दिने कानुनी व्यवस्था कस्तो छ” शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारमा भनिएको छ । “प्रहरी आचारसंहिता अनुसार ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अ-पराधमा मु द्दा चलाउन सक्छ । तर चिनियाँहरुको मनसाय गलत नभएको, आफ्नो महिला साथिमाथि लाठ्ठीचार्ज भएपछि उनीहरु प्रतिकारमा उत्रिएको हुनाले कम कारवाही हुनसक्ने केटीएम दैनिकका कानुनी सल्लाहकार महेश्वर चौधरीले बताए ।”
त्यसमाथि आफ्ना नागरिकलाई छुटाउनको लागि चिनियाँ दुतावासबाट पनि प्रेसर आउने पक्कापक्की छ ।
उसले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ। नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ। चीनले ३ सय ४० जनालाई लगिसकेको छ।
सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन भनेको छ। महामारीको यो कठिन घडीमा यस्ता घटनालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ।
अहिले थुनामा राखिएका ४ जना चिनिया नागरिकलाई सार्वजनिक मुद्दा भने नलगाइने भएको छ ।
प्रहरीमाथि कुटपिटमा संलग्नमध्ये चारजनाविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको हो।
अन्य ४३ जनालाई रिहा गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। पक्राउ परेका ४३ जनालाई हिजै रिहा गरियो भने मुद्दा चलाउन लागिएका ती चारजनालाई महानगरी प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।
कानुनमा के छ ?
मुलुकी अपराध संहित को दफा ११८ मा अभ्रद व्यवहारलाई यसरी परिभाषित गरिएको छ । कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थान महिला बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरान गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।
यस्तो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैदा वा दश हजार रुपैयासम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था ।
हेर्नुहोस भिडियो