
काठमाण्डौ। उदाउँदी नायिका सुहाना थापाले शुक्रवार आफ्नो २३औँ जन्मदिन मनाएकी छिन् । कोरोना त्रासको बीच उनले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी हुन् ।
काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई सुहानाले केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् ।
त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् । ‘मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले बनाउनु भएको केक काटेर सुहानाको जन्मदिन मनाइयो’, सुहानाकी आमा निर्देशक तथा अभिनेत्री झरना थापाले बताइन् ।
उनको जन्म दिनमा बिहानै देखि शुभकामाना दिनेको ओइरो लागेको छ । आमा झरना थापाले निमार्ण गरेको चलचित्र चलचित्र ‘ए मेरो हजुर’ ३ बाट डेब्यु गरेकी हुन् । उनको त्यो अभिनयलाई दर्शले अत्याधिक मन पराएका थिए ।
ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापा ए मेरो हजुर ४’ को छायांकनका क्रममा केहि समय पहिला पोखरा गएकी थिइन् ।