
लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर खाने र विपन्न वर्गलाई धेरै नै गाह्रो भएको छ । उनीहरुको पीरमर्कालाई बुझेर बिराटनगरका २ युवाले निशुल्क खाना खुवाउने अभियान सुरु गरेका छन् ।
मोरङ बिराटनगरका नारायण बराल र गणपत मित्रुकाको नेतृत्वमा विराटनगर महानगरपालिका वडा-६ “शिव मन्दिर युवा समूह” ले “सेवानै मनव जिवनको मुख्य कर्म हो” उदेश्यले मिति २०७६ चैत्र २० गतेबाट यो अभियानको सुरुवात गरेको हो ।
१ सय १३ परिवार बाट सुरुवात गरेको यो अभियान अहिले दैनिक ७ सय देखि ७ सय ५० जनालाई निशुल्क खाना खुवाइरहेको छ ।
पहिला समूहमा रहेका सदस्यहरुको आर्थिक सहयोगमा सुरु भएको यो अभियानलाई अहिले स्थानीय व्यापारी तथा देश विदेशमा रहेका सुभेच्छुकहरुले आर्थिक सहयोग गरिरहेका ५न् ।
केटिएम दैनिकको सम्पर्कमा आएका यही अभियानका सदस्य नारायण बराल भन्छन् दैनिक ७०० देखि ७५० प्याकेट बानाउछौ। जस्मा पहिलो १०० सुकुमवासी बस्तिका बिपन्न परिवारको घर घरमा गएर अवस्था हेरेर कुपनका आधारमा वितरण गर्छौं । घरधुरी र त्यस घरमा भएका परिवारको सङख्या आधारमा कुपन दिएका छौ।
त्यसपछि सडकमा बसेकाहरु र विभिन्न अस्पतालमा उपचार गराइरहेका हरुलाई पनि हामीले खाना वितरण गर्दै आइरहेका छौं । बिराटनगरको नोबल, कोशी बिराट टिचिङ्ग अस्पतालसम्म पनि खाना पुराउने गरेका छौं ।
खानामा भात त सिजन अनुसारको तरकारी हुन्छ । भने कहिले पुलाउ र कहिले फ्राइ राइस र तरकारी चिउार पनि बाँढ्ने गरेका छौं ।
यी मनकारी युवाहरुको यस अभियानलाई हाम्रो पनि सलाम ।