केही समय अगाडी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका २ सय ५० जना नेपाली कामदार फर्काइएका थिए । कोरोनाको संक्रमण फैलिरहँदा कतार प्रहरीले प क्राउ गर्दै उनीहरूलाई नेपाल फर्काएका हुन्। तीमध्ये ९४ जना नेपाली कामदारले नियमअनुसार पाउनुपर्ने रकम नेपाल आइपुगेको छ ।
कतारमा रहेको नेपाली दुतावासले आज एक विज्ञप्ती जारी गर्दै कतार सरकारद्वारा विभिन्न कारणले गत मार्च २०२० मा नेपाल फर्काइएका कामदारको रकम नेपालस्थित कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइएको जानकारी दिएको हो ।
कतारको AI Bandary Engineering Trading & Contracting Company मा कार्यरत ८४ जना तथा Aluminum Gulf Ray कम्पनीमा कार्यरत १० जना नेपालीले नियमअनुसार पाउनुपर्ने रकम नेपाल पठाइएको जनाएको छ ।
AI Bandary कम्पनीबाट ८४ जना नेपाली कामदारले पाउनुपर्ने रकम कतारी रियाल ३ लाख ४६ हजार ३ सय र Alumunium Gulf Ray कम्पनीमा कार्यरत १० नेपालीले पाउनुपर्ने २६ हजार ८ सय १ गरी जम्मा ३ लाख ७३ हजार १ सय २१ कतारी रियाल नेपाल आइपुगेको छ ।
आजको विनिमय दर (१ कतारी रियल बराबर ३३.२१ रुपैया) ले हिसाव गर्दा नेपाली रकम रु १ करोड २३ लाख ९१ हजार ३ सय ४८ रुपैंया ४१ पैसा नेपाल आइपुगेको हो ।