
भारतले नेपाली भूमि अति क्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेपछि रामकुमारी झाँक्रीले नेपालले आफ्नो भनाइ राख्नुपर्छ भन्दै कुरा उठाएकी छिन् ।
उनले शुक्रबार आफ्नो ट्विटर हयान्डलमार्फत नेपाल सरकारले तत्काल भारतीय सरकार समक्ष विरोध जनाउनुपर्छ ताकि भारतीय सरकारले आफ्नो यस्तो मिचाहा प्रवृति बन्द गरोस।
सरकार!
भारतले नेपाली भूभाग मिचेर चीनको मानसरोवर जाने बाटो खोल्यो भन्ने समाचार छ।के यो सत्य हो?यस बारे यथार्थ जानकारी सार्वजनिक गर्नुपर्छ।यदि समाचार सत्य हो भने नेपाल सरकारले तत्काल भारतीय सरकार समक्ष विरोध जनाउनुपर्छ ताकि भारतीय सरकारले आफ्नो यस्तो मिचाहा प्रवृति बन्द गरोस।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।
भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।
भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ। कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’