
राजपा नेपालका सांसद राजेन्द्र महतोले सरकार महामारीको समयमा पार्टी फोर्ने र सांसद अपहरण गर्ने धन्दामा लागेको आरोप लगाएका छन् । कोरोना बिरुद्ध लड्न छोडेर प्रधानमनत्री केपी शर्मा ओली पार्टी फोर्ने ,सांसद अपहरण गर्ने र कुर्सी बचाउने सरप्राइजमा लागेका उनको भनाई छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले जनता पीडाका रहेको अवस्थामा दुई तिहाईको सरकारले दुई कौडीको काम गरेको बताए । उनले सोधे, जनता पीडाका रहेको अवस्थामा दुई तिहाईको सरकारले दुई कौडीको काम गर्ने ?’
महतोले सरकारले अपहरणकारीलाई कारवाही गर्न निवेदन दिदाँ नलिएर हुकुमी शासन लागू गरेको बताए। उनले सोधे, ‘पार्टी फोर्ने र सांसद अपहरण गर्ने गराउने। अपहरण को हो कारबाही गरि पाउँ भन्दा जाहेरी नलिनेरु जहाँ जाने हो त्यही जाऊ भन्ने यो हुकुमी शासन के हो ? यो धन्दा यही बेलामा गर्ने होरु यो धन्दामा सरकारलाई गर्न सुहाउँछरु कुर्सी जोगाउन र पाउनका किन यस्तो संकटमा सरकारले गर्न मिल्छ’
उनले पार्टी फुटाउनका लागि सरकारले सरप्राइज दिन खोजे पनि सफल नभएको बरु आफूहरुले पार्टी एकता गरेर सरकारलाई सरप्राइज दिएको बताए। उनले भने, ‘यहाँ त सरकारले एकपछि अर्को सरप्राइज दिइरहेको छ। पार्टी फोर्ने ,सांसद अपहरण गर्ने र कुर्सी बचाउने सरप्राइज दिने समय हो योरु यस्तो सरप्राइज जनतालाइ चाहिएको छैन। हामीले पनि यही सरप्राइजमा पार्टी एक गरेर देखाएका हौँ। त्यसैले आजको दिनमा सरकारले दुई कौडीको पनि काम गरेन ।’
उनले कोरोना परिक्षण नभएको भन्दै तिव्र आक्रोश पनि पोखे । उनले भने, ‘सरकार कोरोना जाँचमा किन सुस्त भयो। अहिलेसम्म कतिको जाँच गर्यो सरकारले ? जम्मा १०१ जना मात्र कोरोना देखिएको छ भनेर सरकार बस्ने हो ? व्यापक रुपमा जाँच हुनुपर्ने होइन ? कछुवाको गतिमा कोरोना टेष्ट गरेर बस्ने ठीक कार्य ठिक भएन। व्यापक रुपमा परिक्षण हुनुपर्यो अनि मात्र थाहा हुन्छ कोरोना कुन स्तरमा छ भने। को संक्रमित हो भन्ने नै अहिले थाहा हुन सकेको छैन। सरकारले गर्नुपर्ने काम गरिरहेको छैन तर नगर्नुपर्ने गरिरहेको छ।’