
काठमाडौं । लगातार २ पटक सम्म कोरोना नेगेटिभ नेगेटिभ आएपछि घनगढी ५ की ३४ वर्षीया महिला आज दिउँसो डिस्चार्ज भएकी हुन् ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला निको भएर घर फर्किएकी हुन् ।
दुबईबाट आएका उनको आफन्तमार्फत संक्रमित बनकी महिला चैत्र २२ गतेदेखि अस्पतालमा उचाररत थिइन्। उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन्।
बिहीबार र शुक्रबार गरिएके परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
उनीसँगै सुदूरपश्चिममा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ।
उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्।
लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।