
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका बेला सरकारले गरिब, विपन्न र मजदूरहरुलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।
सघीय संसदको बजेट अधिवेशन उद्घाटनका अवसरमा प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति देउवाले सरकारको आलोचना गरे।
कोरोना भाइरस नियन्त्रणका लागि शुरु गरिएको लकडाउनले देशका विभिन्न ठाउँमा गरिब, विपन्न मजदूर, विद्यार्थीहरुको अवस्था दयनीय भएको भन्दै देउवाले उनीहरुलाई सरकारले राहत उपलब्ध नगराएको आरोप लगाउँदै भने ‘गरिब मजदूरहरुलाई यो सरकारले न खाना दिन्छ, न घर जान दिन्छ,’ उनले अगाडी थपे ‘सरकारले कि पर्याप्त राहत दिनुपर्यो नत्र उचित व्यवस्था मिलाएर घर पठाउनुपर्यो।’
र यो पनि पढ्नुहोस् :
भारतले विश्वभरबाट आफ्ना नागरिक ल्याइसक्यो, नेपाल सरकारले कहिले ल्याउने ?
विदेशमा रहेका नेपालीहरु ठूलो समस्यामा परिरहेको विभिन्न देशहरुले आफ्ना नागरिक लैजाऊ भन्दा पनि केही गर्न नसक्नु सरकारको लाचारीपन हो।
कोरोना भाइरसको महामारीले देश संकटमा परेको बेला सरकार भने पार्टी फुटाउने अध्यादेश ल्याउने, सांसद अप-हरण गर्ने जस्ता घृणित खेल गरिरहेको भन्दै देउवाले सत्ताबाहिर रहेका दलहरु एक ठाउँमा जुटेर लोकतन्त्र र प्रजातान्त्रिक पद्धति जोगाउन लड्नुको विकल्प नभएको बताए।
भारतले बैशाख २५ गते विश्वभर रहेका आफ्ना ३ लाख नागरिकलाई विभिन्न देशबाट उद्दार गरेको छ । यो नै विश्वको सबैभन्दा ठूलो संख्यामा गरिएको उद्दार हो ।