
बोल्ड फोटोसुटका कारण सधैं चर्चामा रहने बलिउड नायिका शर्लिन चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन्।
यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले का स्टिङ का उचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै का उस्टिङ का उचको शिकार भएको खुलासा गरेकी हुन् ।
उनले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा बुलाउने बताएकी छिन् । उनले का स्टिङ का उचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’
शर्लिनले ४/५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझेको बताइन् । उनले भनिन्, ‘मैले डिनरको मतलब बुझेँ । त्यसपछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गरेँ ।’
३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट बलिउड प्रवेश गरेकी हुन्। उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन्। तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उनको पहिलो फिल्म हो।
फिल्म क्षेत्रमा करियर बनाउने क्रममा चोपडाले दिएका विवा-दास्पद अभिव्यक्ति र फोटोसुटका कारण उनी चर्चामा छाइरहन्छिन्। सन् २०१२ मा उनले ‘प्ले-ब्वाई’ म्यागाजिनको लागि ‘न्यु-ड फोटोसुट’ गराएकी थिइन्। उक्त फोटोसुटले उनको निजी जिन्दगीमा समेत उथलपुथल ल्याएको थियो।
त्यस्तै, चोपडाले ‘से$क्स लाइफ’ को बारेमा दिएको भनाइ पनि उत्तिकै चर्चित बनेको थियो। उनले एक कुराकानीमा रकमको लागि मोडलिङको समयमा धेरैजनासँग बेड सेयर गरेको बताएकी थिइन्। फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सिजन ३ मा पनि सहभागी भएकी थिइन्।
उनी गायिकासमेत हुन्।