
विराटनगर – बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई आज विहान डिस्चार्ज गरिएको हो। ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुन।
कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ। यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए।
उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए। जसमा १५ जना निको भएका छन्। थप १३ जना अस्पतालमै छन्।
योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। तर निको भएका तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ।
अहिलेसम्म नेपालमा १ सय १ जना कोरोना संक्रमित भेटिएका छन् जसमध्ये ७३ जना पुरुष हुन् भने २८ जना महिला हुन् । तीमध्ये नावालकहरु पनि केही छन् ।