सुनसरीको इटहरी–धरान सडकखण्डमा पर्ने चारकोसे झाडीमा बाढीले गाडेको शब निकालेको छ । हिजाे परेको मुलसधारे पानीले ती शबहरुलाई बाहिर निकालेको हो ।
धरानमा बेवारिसे भेटिएका शवहरू गाड्ने क्रममा धरान उपमहानगरले खेचाली गर्दा चारेकोसेको सेउती खोला नजिकै हिजाे चारवटा शब निकालेको हो ।
धरान उपमहानगरपालिकाले बेबारिसे शबहरुलाई खोला नजिकको बगरहरुमा गाड्दै आएको थियो ।
तर आज परेको पानीले राम्ररी नगाडिएको शबहरुलाई बाहिर ल्याएको थियो ।
त्यो मध्येको ४ वटा शबलाई निकालेर अन्य ठाउँमा गाडीएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
धरान नगरभित्र भेटिएका बेवारिसे शवहरूलाई मज्जाले नपुर्दा खोलामा आएको बाढीले निकालेको प्रहरीले जनाएको छ ।
बाढीले निकालेका शबहरु पुनः उपमहानगरपालिकाले अन्यत्र लगेर गाडीएको प्रहरीले जनाएको छ